ताजा समाचार
सभासदको गलाको खादा नै किन्यो संघले, बिक्रीबाट आउने पैसा बृद्धाश्रमलाई || जापानिज ब्राण्ड ‘मिनिसो’को शोरुम पोखरामा || पिसजोनमा कविता वाचन प्रतियोगिता || बुढि बजारका बिबेक भुजेलले हात पारे पोखरा ट्रेड मलको रु || पोखरा टेलिभिजनको मिडिया कप फुटशल प्रतियोगिता शुरु ·उद्घाटन खेलमा रेडियो || दुई वटा चुनाव चिन्हमा भोट माग्दै वाम गठवन्धनका उम्मेदवार || कास्कीमा चार जना लोकतान्त्रिक स्वतन्त्र उमेद्वारद्धारा उमेद्वारी फिर्ता, नरेश शंकर || कास्की मोडनाइजमा विविध कार्यक्रम || मदरल्यान्ड माविमा शैक्षिक सामग्री प्रदर्शनी सुरु || म्यादिप्रहरी बनाईदिने प्रलोभनमा ठगी गर्नेे ३ जना प्रहरी नियन्त्रणमा || राधाकृष्ण बृद्धाश्रममा तालबाराहीको सहयोग || भाइटीकाको साइत ११:५१ मा, कुन दिशापट्टि फर्केर लगाउने भाईटिका ? || दोस्रो ठूलो चाड तिहार शुरु : आज काग तिहार || निजि अस्पतालमा २५ रुपैयामा जाँच || दशैं शुरु, आज घटस्थापना ।। || पोखरा ट्रेड मलमा दशै तिहार विविध सागितिक कार्यक्रम संचालन हुने || एक्सपर्टको ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’ बिहीबार || आज नागपञ्जमी, रक्षा बन्धन र जनैपूर्णीमा मनाइदै ।। || फुटपाथ अतिक्रम तत्काल रोक्न राष्ट्रिय उद्योग वाणिज्य संघको माग || २०० जनाको निःशल्क मधुमेह , मृगौला तथा दन्त परिक्षण || साहित्यमा नयाँ पुस्ताको खोजीका लागि सर्वाधिक पुरस्कार राशी || मोया थाईका खेलाडीलाई शेर्पाले गरे विदाई || मोडलिङ रियालिटि सोको अडिसनमा ४५ छनोट || चलिए पोखरा असार १६ बाट सुरु हुँदै || नयाँ प्रधानमन्त्रीका लागि आजबाट प्रकृया सुरु ।। || चितवन घटनाका विषयमा आयोगले थाल्यो छानविन ।। || चुनाव सार्ने सरकारको निर्णयले निर्वाचन कार्यतालिका प्रभावित ।। || प्रधानमन्त्रीद्वारा काठमाडौं–निजगढ फास्ट ट्रयाकको शिलान्यास || संघीय गठवन्धनद्वारा आन्दोलनको कार्यक्रम घोषणा ।। || स्थानीय तहको संख्या थप्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश ।। || विश्व थाइराइड दिवसको अवसरमा पोखरा डाइबिटिज एन्ड थाइराइड सेन्टरको सचेतना || पोखरामा रोकिएको मतगणना सुरु हुने सकेन ।। || एमालेका अग्रता कायम, कांग्रेस दोस्रोमा ।। || मनिपाल नर्सिङ कलेजका विद्यार्थीद्वारा अपर्चुनिटी भिलेजलाई ५० हजार सहयोग || पोखरा लेखनाथ महानगरमा कांग्रेसले खाता खोल्यो, वडा नम्बर २ मा || पहिलो चरणको मतदान सम्पन्न ।।६० प्रतिशत मतदान ।। || मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने आयोगको तयारी ।। || एक सयभन्दा बढी आचारसंहिता उल्लङघन ।। || नेपाल कम्युनिष्ट पार्टीद्धारा वन्द आव्हान || मतदाता शिक्षा कार्यकर्ता÷स्वयम्सेवक परिचालन गरिने ।। ||

चीन नेपालको भरपर्दौ विकास साझेदार ः अध्यक्ष पालिखे

चैत्र ३०, २०७३, पोखरा

पोखरा, ३० चैत । पोखरा उद्योग वाणिज्य संघले पोखरा भ्रमणमा आएको  चिनिया युवाहरुको उच्चस्तरीय प्रतिनिधीमण्डललाई स्वागत गर्दै पोखराको भौगोलिक, साँस्कृतिक, आर्थिक, पर्यटनलगायतका विविध क्षेत्रबारे जानकारी दिएको छ । 
 नेपाल–चीन युवा आदान प्रदान कार्यक्रममार्फत नेपाल भ्रमणमा आएको सो प्रतिनिधीमण्डलको सम्मानमा बुधबार संघको सचिवालयमा आयोजित कार्यक्रममा बोल्दै  पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले नेपाल र चीनको सम्बन्ध देवताको पालादेखि नै सुरु भएको बताउनुभयो । 
 ‘मञ्जुश्रीले काठमाण्डौंको चोभारमा खड्गले हान्दै पानीका निकास खोलेपछि त्यहाँ बस्ती बसेको किंवदन्ती छ’,अध्यक्ष पालिखेले नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै भन्नुभयो,‘भृकुटीको तिब्बतमा भएको बिबाहले त हामीबीच झन गहिरो पारिवारिक सम्बन्ध नै स्थापित भएको छ ।’ उहाँले मित्रराष्ट्र चीन नेपालको भरपर्दौ विकास साझेदार समेत रहेको चर्चा गर्दै जनस्तरको सम्बन्ध विकासको लागि यस्ता भ्रमणहरु फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । पोखराले चीनका केही नगरहरुसँग भगनी सम्बन्ध स्थापना गर्नुको उदेश्य समेत जनस्तरको सम्बन्ध बिस्तार नै भएको उहाँको भनाई रहेको थियो । उहाँले ठूलो चीनबाट नेपाल भ्रमण गर्नेहरुको संख्या बढाउनका लागि पहल गर्न सम्बन्धित निकायहरुसँग आग्रह पनि गर्नुभयो । भूकम्पपछि नेपाल आउने पर्यटक घटेको उहाँको गुनासो थियो । 
 ५३ सदस्यीय चिनिया प्रतिनिधीमण्डलका नेता तथा चिनीया युवा महासंघका कार्यवाहक उपमहासचिव वाङ फेङले यातायातको सहज पहुँच नहुँदा नेपाल घुम्न चाहने चिनियाहरुलाई समस्या परेको बताउनुभयो । धेरैजसो चिनियाहरुलाई सुन्दर नेपालको बारे जानकारी नहुँदा उनीहरु अन्यत्रै जाने गरेको उहाँको भनाई थियो । सन् २०१५ मा नेपाल आउने चिनियाहरुको संख्या सोही वर्ष भारत भ्रमणमा निस्कनेभन्दा ४० गुणा बढी भएको चर्चा गर्दै उहाँले सजिलो र सस्तो हवाई तथा स्थल मार्गको सुविधाले चिनिया पर्यटक बढ्ने विश्वास दिलाउनुभयो । नेपाल आश्चर्यजनक रुपले सुन्दर रहेको बताउँदै उहाँले छिमेकीको सम्वृद्धिको लागि सहयोग गर्न चीन सधैँ तत्पर रहेको बताउनुभयो ।‘चीनले अगाडि सारेको वान बेल्ट, बान रोड(एक क्षेत्र, एक सडक) को अवधारणा छिमेकीको सम्वृद्धिको चाहनाले निर्देशित रहेको छ’,उहाँले भन्नुभयो,‘चीन यो क्षेत्रमा आफ्नो लगानी बिस्तार समेत गर्न चाहन्छ ।’  
 सन् १९४९ मा स्थापना भएको चिनीया युवा महासंघ चिनिया सरकार मातहत रहन्छ । यसमा चीनभर रहेका १हजार ४ सय ५ वटा राष्ट्रिय कार्यकारी सदस्यसहित  ९४ हजार जना कार्यसमिति सदस्य रहन्छन् । संघले  करिब ३० करोड युवाहरुको हितमा काम गर्ने प्रतिनिधीमण्डलका नेता वाङ फेङले बताउनुभयो ।  मानवीय संसाधनको प्रयोग,वातवरणीय सचेतता कार्यक्रममा उत्कृष्ट योगदान पु¥याएबापत संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमबाट दुई पटक चिनिया युवा संघ पुरस्कृत पनि भइसकेको छ । नेपाल भ्रमणमा रहेको प्रतिनिधीमण्डलमा युवा महासंघका पदाधिकारी, डाक्टर, कलाकार, उद्योगपति, प्राध्यापक, पत्रकार तथा चित्रकारहरुको पनि सहभागिता रहेको छ ।   
केही वर्षयता नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयले युवा आदान प्रदान कार्यक्रम संचालन गर्दै आइरहेको छ । युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामप्रसाद थपलियाका अनुसार दुई देशका युवाहरुबीच अनुभव आदान प्रदान एवं सहकार्यको वातावरण निर्माणको लागि यो अभियान संचालन गरिएको हो । प्रतिनिधीमण्डलले पोखराको नेपालको अन्य पर्यटकीय क्षेत्रको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ । चीनसँग मात्र नभएर दक्षिण एसियाका अन्य देशहरुसँग पनि नेपाल सरकार युवा मन्त्रालयले यस्तो अभियान संचालन गरेको उहाँले बताउनुभयो । पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव अर्जुन पोखरेलले संचालन गर्नुभएको कार्यक्रममा चिनिया प्रतिनिधीमण्डलका सदस्यहरुले नेपालको खनिज उद्योग, पर्यटनलगायतका क्षेत्रमा लगानीका सम्भावनाहरु, चिनिया स्वयंसेवक परिचालनलगायतका विषयमा जिज्ञासा राख्नुभएको पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा युवा उद्यमी मञ्च नेपालका केन्द्रीय सदस्य प्रकाशदेव पालिखेले जानकारी दिनुभयो ।

Reporter : रेडियो सारङ्कोट
Comment Box

पोखरा, २६ मंसिर । पोखरा उद्योग वाणिज्य संघले कास्कीबाट प्रतिनिधीसभा...

पोखरा, २६ मंसिर । विश्व प्रशिद्ध जापानिज ब्राण्ड ‘मिनिसोे’को शोरुम...

पोखरा, १६ मंसीर । पोखरा लेखनाथ ८, सिमलचौर स्थित पिसजोन...

कार्तिक ०७ पोखरा । पोखराको चिप्लेढुङ्गामा अवस्थीत पोखरा ट्रेड मलले...

मंसिर ५,पोखरा । पोखरा टेलिभिजनको आयोजनामा मंगलबारदेखि प्रथम पोखरा मिडिया...

पोखरा, २१ कार्तिक । मंसिर २१ गते हुन लागेको प्रतिनिधी...

पोखरा १९, कार्तिक । कास्कीमा स्वतन्त्र उमेद्वारी दर्ता गराएका चार...

कार्तिक १९ पोखरा । कास्की मोडनाइज एकेडेमी यूवा जुनियर...

कार्तिक १४, पोखरा। शिक्षण सिकाइमा शैक्षिक सामग्रको अत्यन्त महत्व हुने...

कार्तिक १४ पर्सा । म्यादि प्रहरी बनाईदिने प्रलोभनमा ठगी गर्नेे...

पोखरा, १४ कार्तिक। लायन्स क्लब अफ पोखरा तालवाराहीले मंगलबार बृद्धबृद्धाहरुका...

कात्तिक ४ गते शनिबारको दिन परेको यस वर्षको भाइटीकाको साइत...

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजबाट शुरु भएको छ ।...

पोखरा ,९ असोज : निजि अस्पतालले पनि सरकारी अस्पतालकै दरमा...

०५ असोज । यस वर्षको बडा दशैं आजबाट सुरु भएको...

गत भदौ १५ गते देखि संचालित पोखरा ट्रेड मल दशै...

पोखरा, ३२ साउन । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराको...

१३ श्रावण । श्रावण शुक्ल पञ्चमीका दिन आज...

पोखरा, १० साउन । नेपाल राष्ट्रिय वाणिज्य संघ,कास्कीले पोखराको पृथ्वीचोक...

पोखरा, ०८ श्रावण । “समयमै स्वस्थ्य सम्बन्धी सचेतना होऔ”...

काठमाडौं, २४ असार । आगामी भदौ २३ गते शिक्षा दिवस...

काठमाडौ, १३ असार । टर्कीको राजधानी अन्तालियामा जुन २९ देखि...

पोखरा १४ असार पोखरामा पहिलोपटक युवायुवतीको लागि आयोजित मोडलिङ रियालिटि...

पोखरा, १४ असार : भारतीय पर्यटकलाई लक्षित गरी पश्चिमाञ्चल होटल...

काठमान्डौ २० बैशाख । बहुमतिय प्रकृयाबाट नयाँ प्रधानमन्त्री चयनका लागि...

चितवन १६ जेष्ठ । निर्वाचन आयोगले चितवको मतगणनास्थलमा भएको घटनाको...

काठमान्डौ १६ जेष्ठ । दोस्रो चरणको स्थानीय तह निर्वाचन ९...

जेठ १४, काठमाडौं । बहुप्रतीक्षित काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक)...

काठमान्डौ १२ जेष्ठ । राष्ट्रिय जनता पार्टी नेपाल सहितको...

काठमान्डौ १२ जेष्ठ । सर्वोच्च अदालतले स्थानीय तहको संख्या थप्ने...

जेष्ठ १२ पोखरा । विश्व थाइराइड दिवसको अवसरमा नयाँबजार...

पोखरा ७ जेष्ठ । फर्जीमत खसेको विषयमा विवाद भएपछि पोखरा...

७ जेठ । पहिलो चरणको स्थानीय तह निर्वाचनको २६६...

पोखरा, ३ जेठ । मनिपाल कलेज अफ नर्सिङका विद्यार्थीले अपर्चुनिटी...

पोखरा लेखनाथ महानगरमा कांग्रेसले खाता खोल्यो, वडा नम्बर २ मा...

बैशाख ३१ । स्थानीय तहको पहिलो चरणको चुनाब अन्र्तगत प्रदेश...

काठमान्डौ २९ बैशाख । निर्वाचन आयोगका सचिव गोपिनाथ मैनालीले मौन...

काठमान्डौ २९ बैशाख । स्थानीय तह निर्वाचन, २०७४ को निर्वाचनको...

कमल पौडेल अथक पोखरा २९, वैशाख नेत्र विक्रम...

२७ वैशाख । यही वैशाख २८ गतेदेखि ३० गतेसम्म छ...