ताजा समाचार
भाइटीकाको साइत ११:५१ मा, कुन दिशापट्टि फर्केर लगाउने भाईटिका ? || दोस्रो ठूलो चाड तिहार शुरु : आज काग तिहार || निजि अस्पतालमा २५ रुपैयामा जाँच || दशैं शुरु, आज घटस्थापना ।। || पोखरा ट्रेड मलमा दशै तिहार विविध सागितिक कार्यक्रम संचालन हुने || एक्सपर्टको ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’ बिहीबार || आज नागपञ्जमी, रक्षा बन्धन र जनैपूर्णीमा मनाइदै ।। || फुटपाथ अतिक्रम तत्काल रोक्न राष्ट्रिय उद्योग वाणिज्य संघको माग || २०० जनाको निःशल्क मधुमेह , मृगौला तथा दन्त परिक्षण || साहित्यमा नयाँ पुस्ताको खोजीका लागि सर्वाधिक पुरस्कार राशी || मोया थाईका खेलाडीलाई शेर्पाले गरे विदाई || मोडलिङ रियालिटि सोको अडिसनमा ४५ छनोट || चलिए पोखरा असार १६ बाट सुरु हुँदै || नयाँ प्रधानमन्त्रीका लागि आजबाट प्रकृया सुरु ।। || चितवन घटनाका विषयमा आयोगले थाल्यो छानविन ।। || चुनाव सार्ने सरकारको निर्णयले निर्वाचन कार्यतालिका प्रभावित ।। || प्रधानमन्त्रीद्वारा काठमाडौं–निजगढ फास्ट ट्रयाकको शिलान्यास || संघीय गठवन्धनद्वारा आन्दोलनको कार्यक्रम घोषणा ।। || स्थानीय तहको संख्या थप्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश ।। || विश्व थाइराइड दिवसको अवसरमा पोखरा डाइबिटिज एन्ड थाइराइड सेन्टरको सचेतना || पोखरामा रोकिएको मतगणना सुरु हुने सकेन ।। || एमालेका अग्रता कायम, कांग्रेस दोस्रोमा ।। || मनिपाल नर्सिङ कलेजका विद्यार्थीद्वारा अपर्चुनिटी भिलेजलाई ५० हजार सहयोग || पोखरा लेखनाथ महानगरमा कांग्रेसले खाता खोल्यो, वडा नम्बर २ मा || पहिलो चरणको मतदान सम्पन्न ।।६० प्रतिशत मतदान ।। || मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने आयोगको तयारी ।। || एक सयभन्दा बढी आचारसंहिता उल्लङघन ।। || नेपाल कम्युनिष्ट पार्टीद्धारा वन्द आव्हान || मतदाता शिक्षा कार्यकर्ता÷स्वयम्सेवक परिचालन गरिने ।। || पोखरा लेखनाथ उपमेयरकी प्रत्यासी ढकाल विभिन्न वडामा घरदैलोमा ब्यस्त || नेपाली काग्रेसको नेतृत्वमा नेपाली जनताले नयाँ सविधान पाएका छन ः || निर्वाचनको तयारी अन्तिम चरणमा ।। || मन्त्रिपरिषदको बैठक बस्दै ।। || मुग्लिन–नारायणगढ सडक आजदेखि चौबिसै घण्टा खुल्ला ।। || समाजवादी फोरम र नयाँ शक्ति पार्टीलाई स्पष्टिकरण दिन आयोगको आदेश || संयोजकबाट उपेन्द्रलाई हटाउने संघीय गठबन्धनको निर्णय ।। || उमेद्वारलाई आज चुनाव चिन्ह दिइने ।। || महाअभियोग प्रस्तावको प्रक्रिया अगाडी बढ्न समय लग्ने ।। || श्रमिक दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश ।। || अन्तर्राष्ट्रिय श्रमिक दिवस आज मनाईंदै ।। ||

चलिए पोखरा असार १६ बाट सुरु हुँदै

असाड १४, २०७४, Pokhara

पोखरा, १४ असार : भारतीय पर्यटकलाई लक्षित गरी पश्चिमाञ्चल होटल संघ पोखराले यही असार १६ गतेबाट उत्तर भारतका केही शहरहरुमा चलिए पोखरा अभियान संचालन गर्ने भएको छ । छ वर्ष अघि सुरु भएको यो अभियान यसपटक असार २० गते सकिने छ ।बोर्डर टाउन सेल्स मिसन नाम दिइएको अभियानलाई नेपाल पर्यटन बोर्डले साथ दिएको छ । पोखरा र लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी, बोर्डका अधिकारी र संचारकर्मी गरी ३० जनाको समूह चलिए पोखरा अभियान लिएर भारत जान लागेको हो । अभियानले बिहारको राजधानी पटना, उत्तर प्रदेशको लखनउ र गोरखपुर क्षेत्रमा पोखरा क्षेत्र र समग्र नेपालको प्रबद्र्धन गर्ने अभियानका संयोजक एवं संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।
 
विनासकारी भूकम्प, नाकाबन्दी, नोटबन्दी तथा तराई आन्दोलनबाट नराम्रो गरी प्रभावित भएको पर्यटन क्षेत्रलाई उकास्न यो अभियानले सघाउने विश्वास गरिएको तुलाचनले सुनाए । पटक पटक भारतीय पक्ष र विज्ञहरुबाट उठाउने गरिएको कनेक्टिभिटीको मुद्दा र दीगो पर्यटनको नेपाली लक्ष्यलाई समेत केन्द्रमा राखी प्रवद्र्धन अभियान संचालन गरिने अध्यक्ष तुलाचनले प्रष्ट्याए । यस अघिको अभियानले लखनउ, कानपुर, बनारस, गोरखपुर, इलाहबाद र फैजाबादमा जस्ता क्षेत्रलाई बढी मात्रामा समेटेको थियो । संघका सल्लाहकार एवं होटल संघ नेपालका केन्द्रिय सदस्य विप्लव पौडेलको कार्यकालमा भारतीय पर्यटकलाई लक्षित गरी सन् २०१२ बाट अभियानको सुरुवात गरिएको थियो । पोखरा र यस वरपरका पर्यटकीय गन्तव्यलाई भारतीय शहरहरुमा प्रचार गर्नु र भारतीय पर्यटकलाई विशेष प्याकेजका साथ पोखरा भ्रमणका लागि निम्तो दिनु अभियानको उद्धेश्य रहेको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए । पत्रकार सम्मेलनहरु र द्विपक्षीय व्यापारिक भेटघाट (वीटुवी) कार्यक्रमका साथ प्रचारात्मक गतिविधिहरु अगाडि बढाउने योजना अभियानले समेटेको उनले बताए । 
 
यसपटक अभियान सञ्चालन हुने उल्लेखित भारतीय शहरमा अहिले ४० डिग्री सेल्सियस हाराहारीको तापक्रम रहने गरेको छ । त्यस्तो उकुसमुकुसबाट मुक्त भई केही दिन भए पनि आनन्द लिन भारतीय पर्यटकका लागि पोखरा उपयुक्त गन्तव्य हुन सक्ने विश्वास अन्तर्गत पनि अभियान संचालन गर्न लागिएको जनाइएको छ । पछिल्ला वर्षहरुमा भारतको आर्थिक वृद्धिदर र भारतीयको प्रति व्यक्ति आय समेत बढ्दै गरेको अवस्था, उल्लेखित शहरहरुको जनघनत्व पनि बाक्लो रहेको र त्यहाँका नागरिकलाई पोखरासम्मको पहुँच समेत छोटो र सहज पर्ने हुँदा चलिए पोखरा अभियानलाई निरन्तरता दिने अभियानमा व्यवसायी जुटेका हुन् । अर्कोतर्फ सौखिन भारतीय पर्यटकको संख्यासमेत बढ्दै गएको, उनीहरु सँग समेत फुर्सदको समय हुने र त्यस्तो समयमा घुम्ने क्रम उनीहरुमा बढ्दै गएको अवस्थालाई ख्याल गरेर समेत कार्यक्रम सुरु गर्न लागिएको हो । मुक्तिनाथ, मनकामना लगायत नेपालका अन्य कतिपय धामहरुमा समेत भारतीय पर्यटक आउने जाने क्रम बढेको कारण धार्मिक पर्यटनलाई समेत बढवा दिन सकिने संभावना अभियानले समेटेको जनाइएको छ ।
 
तथ्यांक अनुसार नेपाल घुम्न आउने पर्यटकमध्ये ३३ प्रतिशत भारतीय छन् । भारतीय पर्यटक सामान्यतया चितवन, पोखरा, मनकामना हुँदै प्रसिद्ध तीर्थस्तल मुक्तिनाथ पुग्न रुचाउँछ । नेपाली पर्यटकका लागि जाउँ है पोखरा र तेश्रो मुलुकका पर्यटकका लागि पोखराः प्युर एण्ड पर्फेक्ट नारा सहित प्रवद्र्धनको अभियानलाई पनि विगतदेखि संघले निरन्तरता दिंदै आएको छ ।

Reporter : रेडियो सारङ्कोट
Comment Box

कात्तिक ४ गते शनिबारको दिन परेको यस वर्षको भाइटीकाको साइत...

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजबाट शुरु भएको छ ।...

पोखरा ,९ असोज : निजि अस्पतालले पनि सरकारी अस्पतालकै दरमा...

०५ असोज । यस वर्षको बडा दशैं आजबाट सुरु भएको...

गत भदौ १५ गते देखि संचालित पोखरा ट्रेड मल दशै...

पोखरा, ३२ साउन । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराको...

१३ श्रावण । श्रावण शुक्ल पञ्चमीका दिन आज...

पोखरा, १० साउन । नेपाल राष्ट्रिय वाणिज्य संघ,कास्कीले पोखराको पृथ्वीचोक...

पोखरा, ०८ श्रावण । “समयमै स्वस्थ्य सम्बन्धी सचेतना होऔ”...

काठमाडौं, २४ असार । आगामी भदौ २३ गते शिक्षा दिवस...

काठमाडौ, १३ असार । टर्कीको राजधानी अन्तालियामा जुन २९ देखि...

पोखरा १४ असार पोखरामा पहिलोपटक युवायुवतीको लागि आयोजित मोडलिङ रियालिटि...

पोखरा, १४ असार : भारतीय पर्यटकलाई लक्षित गरी पश्चिमाञ्चल होटल...

काठमान्डौ २० बैशाख । बहुमतिय प्रकृयाबाट नयाँ प्रधानमन्त्री चयनका लागि...

चितवन १६ जेष्ठ । निर्वाचन आयोगले चितवको मतगणनास्थलमा भएको घटनाको...

काठमान्डौ १६ जेष्ठ । दोस्रो चरणको स्थानीय तह निर्वाचन ९...

जेठ १४, काठमाडौं । बहुप्रतीक्षित काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक)...

काठमान्डौ १२ जेष्ठ । राष्ट्रिय जनता पार्टी नेपाल सहितको...

काठमान्डौ १२ जेष्ठ । सर्वोच्च अदालतले स्थानीय तहको संख्या थप्ने...

जेष्ठ १२ पोखरा । विश्व थाइराइड दिवसको अवसरमा नयाँबजार...

पोखरा ७ जेष्ठ । फर्जीमत खसेको विषयमा विवाद भएपछि पोखरा...

७ जेठ । पहिलो चरणको स्थानीय तह निर्वाचनको २६६...

पोखरा, ३ जेठ । मनिपाल कलेज अफ नर्सिङका विद्यार्थीले अपर्चुनिटी...

पोखरा लेखनाथ महानगरमा कांग्रेसले खाता खोल्यो, वडा नम्बर २ मा...

बैशाख ३१ । स्थानीय तहको पहिलो चरणको चुनाब अन्र्तगत प्रदेश...

काठमान्डौ २९ बैशाख । निर्वाचन आयोगका सचिव गोपिनाथ मैनालीले मौन...

काठमान्डौ २९ बैशाख । स्थानीय तह निर्वाचन, २०७४ को निर्वाचनको...

कमल पौडेल अथक पोखरा २९, वैशाख नेत्र विक्रम...

२७ वैशाख । यही वैशाख २८ गतेदेखि ३० गतेसम्म छ...

पोखरा २६ बैशाख । माओवादी केन्द्रका उप प्रमुखका प्रत्यासी गोमा...

पोखरा २६ बैशाख । नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा...

काठमान्डौ २५ बैशाख । निर्वाचन आयोगले स्थानिय तहको चुनावका लागि...

काठमान्डौ २५ बैशाख । नेपाल सरकार मन्त्रिपरिषदको बैठक आज बस्दैछ...

२५ बैशाख । मुग्लिन–नारायणगढ सडक आजदेखि चौबिसै घण्टा खुल्ला हुने...

काठमान्डौ २३ बैशाख । निर्वाचन आयोगले संघीय समाजवादी फोरम, नेपाल...

काठमान्डौ २३ बैशाख । संघीय गठवन्धनले संयोजक उपेन्द्र यादवलाई पद्बाट...

काठमान्डौ २२ बैशाख । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको...

काठमान्डौ १८ बैसाख । सत्ता साझेदार दुई दल नेपाली काँग्रेस...

काठमान्डौ १८ बैसाख । दिवसको अवसरमा शुभकामना दिंदै राष्ट्रपति विद्यादेवी...

यस वर्षको १२८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज...